इलाममा लागु औषध सेवन गर्ने ११ जना पक्राउ परे

इलाममा लागु औषध सेवन गर्ने ११ जना पक्राउ परे

इलाम, २२ बैशाख । इलाममा लागु औषध सेवन गर्ने ११ जना पक्राउ परेका छन् । लागु औषध सम्बन्धी गतिबिधीमा संलग्न रहेको भन्ने सुचनाको आधारमा प्रहरी परिचालन गरी खोजतलास गर्दा ६ जनालाई लागु औषध ब्राउन सुगर सहित प्रकाउ गरिएको छ।

पक्राउ पर्नेमा पाँचथर जिल्ला फिदिम नगरपालिका ४ बस्ने बर्ष २२ को सुभाष लिम्बु, जिल्ला सप्तरी खडक नगरपालिका १ घर भई हाल इलाम जिल्ला सुर्योदय नगरपालिका १० बस्ने बर्ष २४ को दिपेन मल्लिक, इलाम जिल्ला संदकपुर गाँपालिका ५ बस्ने बर्ष २० को बिक्रम गुरुङ, इलाम नगरपालिका ७ बस्ने बर्ष ३२ सृजन देवान, देउमाई नगरपालिका २ बस्ने बर्ष २४ को सुभाष लिम्बु र सुर्योदय नगरपालिका १० बस्ने बर्ष २० को बिशाल गुरुङ रहेका छन् । हाल उनीहरुलाई थप अनुशन्धानका लागि इलाम जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

पछिल्लो समय इलाममा युवाहरु लागू औषध प्रयोग तथा ओसारपसारमा संलग्न रहने गरेको पाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्