नेपालकी चेलीलाई बलिउड फिल्ममा मूख्य नायिका बन्ने अवसर

नेपालकी चेलीलाई बलिउड फिल्ममा मूख्य नायिका बन्ने अवसर

बलिउड फिल्म उधोग विश्वकै ठूलो बजारमा पर्दछ । ठूलो आकार लिएको बलिउडमा भारतकै कलाकारहरुलाई पनि स्थापित हुन हम्मे हम्मे पर्दछ ।

तर यस्तै अप्ठ्याराहरु छिचोल्दै नेपाली एक चेलीले बलिउड फिल्ममा मूख्य नायिका बन्ने अवसर पाएकी छिन् ।ति हुन् जाजरकोट भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुन जसले बलिउड चलचित्र ‘हर जनम मे मिलेंगे’मा मूख्य नायिका भएर काम गर्दैछिन् फिल्मको हाल शुटिङ भैरहेको छ ।

चलचित्र ‘हर जनम मे मिलेंगे’ पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । सिजन अभिनित यस फिल्मको ६० प्रतिशत छायांकनको काम सकिएको छ ।

डेढ वर्ष पहिलेदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुई सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य नायिकाको भूमिका पाएकी हुन् ।

यसअघि सिजनले भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण हुने ‘आरम्भ’ सिरियल र ‘क्राइम स्टोरी लक अप’ मा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरिसकेको बताइन् । चलचित्रमा शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन छ ।

नेपालको सुदुरपश्चिम जिल्ला जाजरकोटकी चेली सिजनले डेढ वर्ष अघि भारतिय फिल्म नगरीमा संघर्षको लागि पाइला टेकेकी थिइन् । शुरुमा टेलिसिरियलहरुमा काम गरेकी उनको काम र सुन्दरताका कारण फिल्ममा काम गर्ने अफर मिलेको हो ।

सिजन आफुलाई जाजरकोटकी छोरी भन्न रुचाउँछिन् । सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी सिजनले ‘भारतीय चलचित्रमा अभिनय गरेर आफूलाई विश्वभरी चिनाउने सपना रहेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्