तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोलीद्वारा वियजी सुरुआत

तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोलीद्वारा वियजी सुरुआत

ताप्लेजुङ, २४ बैशाख । ताप्लेजुङमा जारी ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोलीहरूले वियजी सुरुआत गरेका छन्। मैवाखोला गाउँपालिकाको केन्द्र साँघुस्थित नारायणी माविको खेल मैदानमा सोमबार भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले प्रदेश १ लाई पराजित गर्‍यो।

पाँचजना राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको पुलिस क्लबले प्रदेश १ लाई २५–८, २५–१८, २५–९ को सोझो सेटमा हराएको हो।

यसैगरी सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पनि जित हात पार्‍यो। एपीएफ क्लबले प्रदेश ३ लाई २५–१६, २५–१५, २६–२४ को सोझो सेटमा हरायो। अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले पनि सोमबारको खेलमा सफलता हात पार्‍यो। आर्मी क्लबले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २५–१३, २५–१३, २५–१५ को सीधा सेटमा पराजित गर्‍यो।

यसैगरी गण्डकी प्रदेश पनि प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। गण्डकी प्रदेशले प्रदेश नम्बर २ लाई २५–१६, २५–१५, २५–१६ अंकले पराजित गर्‍यो। ‘पर्यटन प्रवद्र्धनका लागि भलिबल’ भन्ने नारासहित जारी उक्त प्रतियोगितामा आठवटा टोलीको सहभागिता छ।

प्रतियोगिताको विजेताले तीन लाख ५१ हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ।यसैगरी उपविजेता टोलीले एक लाख ७६ हजार दुई सय ५१ रुपैयाँ पुरस्कार हात पार्ने छ। सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि ५०-५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्