धनकुटाको शहीदभूमिमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

धनकुटाको शहीदभूमिमा   ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

धनकुटा, २४  बैशाख ।  धनकुटाको शहीदभूमि गाउँपालिका ७ देउरालीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका ७ देउराली कै ट्याक्टरका सह चालक २२ वर्षीय ओमबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार बेलुका शहीदभूमि गाउँपालिका ७ देउरालीबाट महालक्ष्मी नगरपालिका ४ चानुवा जाँदै गरेको को १ त ३०७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटना भएको ट्याक्टरका चालक ठेगाना नखुलेको जीवन परियार फरार रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्