झापा, २४ बैशाख। झापाको कन्काई सिँचाई आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका-४ की ७० बर्षीया दीपामाया गौतमको मृत्यू भएको छ । आज बिहान झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखामा रहेको नहरको ड्याममा बृद्धा डुबेर मृत अवस्थामा फेला परेकी हुन् । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले शव बाहिर निकाली पोष्टमार्टमको लागि मेची अंचल अस्पताल भद्रपुर पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।