बिराटनगरका विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर

बिराटनगरका विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर

बिराटनगर घर भएका मोडल तथा अभिनेता विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर नियुक्त भएका छन् । तीन वर्ष देखि अमेरिकामा बस्दै आएका विमलेशले दुई सय भन्दा बेसी म्युजिक भिडियो तथा केही चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।

र्‍याम्प मोडलका रुपमा फेसन क्षेत्रमा देखा परेका विमलेशले केही छापा तथा टेलिभिजन विज्ञापनमा पनि आफूलाई प्रस्तुत गरिसकेका छन् ।

स्टाइल एम्बेसडरका रुपमा विमलेशले मेसिजमा विक्री हुने ब्रान्डहरुको प्रवर्द्धन गर्नेछन् भने मेसिजको प्रचार सामाग्रीमा विमलेश स्टाइल एम्बेसडरका रुपमा फिचर हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्