मोरङको बक्राह खोलामा पौडी खेल्ने क्रममा अचेत भएका बालकको मृत्यु

मोरङको बक्राह खोलामा पौडी खेल्ने क्रममा अचेत भएका बालकको मृत्यु

बिराटनगर बैशाख २५ ,

मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ बक्राह खोलामा मंगलवार पौडी खेल्ने क्रममा अचेत भएका १ बालकको मृत्यु भएको छ । अपरान्ह ४ बजेको समयमा सोही नगरपालिका-२ कसेनी बस्ने ओम बहादुर लिम्बुको छोरा बर्ष ५ को युदिश लिम्बु र युवराज लिम्बुको छोरा बर्ष ५ को आयुष लिम्बु बक्राह खोलामा पौडी खेल्ने क्रममा अचेत अवस्थामा फेला पारि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

अचेत अवस्थामा फेला परेका दुवै जना बालकलाई उपचारको लागि मंगलवारे अस्पताल उर्लावारी लैजाने क्रममा युदिश लिम्बुको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । अर्का बालक आयुष लिम्बुलाई थप उपचारको लागि विर्तामोड पठाईएको छ । मृतक बालकको शव परिक्षणको लागि मंगलवारे अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्