ईनरुवामा यस्तो घटना : अज्ञात व्यक्तिद्वारा स्कुलको सामान चोरी गरि आगजनी

ईनरुवामा यस्तो घटना : अज्ञात व्यक्तिद्वारा स्कुलको सामान चोरी गरि आगजनी

सुनसरी, वैशाख २५ गते ।

सुनसरीको ईनरुवा नगरपालिका-१ मा रहेको श्री चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा गए राती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् । अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार बराबरको कम्प्युटर थान-१ र डिजे साउण्ड बक्स चोरी गरी अफिस कोठामा आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीबाट अफिस कोठामा भएको पुस्तकहरु, रोष्टम, फायल, खेलकुद सामाग्रीहरू जलेर नष्ट हुँदा अन्दाजी ४४ हजार मूल्य बराबरको क्षति भएको छ । घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्