सुनसरीमा कर्मचारी मिलन केन्द्रकाे क्यालेण्डर विमोचन

सुनसरीमा  कर्मचारी मिलन केन्द्रकाे क्यालेण्डर विमोचन

इनरुवा, २५ वैशाख। सुनसरी सदरमुकाम इनरुवामा कर्मचारी मिलन केन्द्र सुनसरीले आफ्नो नयाँ वर्षको क्यालेण्डर विमोचन गरेको छ ।
बुधबार केन्द्रले जिल्लाका सरोकारबालाहरुका बीच  नयाँ वर्षको क्यालेण्डर विमोचन गरेको हो । कर्मचारी मिलन केन्द्र क्यालेण्डर सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले  सार्वजनिक गरेका हुन् । सुनसरीको विभिन्न स्थानको जानकारी सहित सूचना सन्देश समावेश भएको  केन्द्रका अध्यक्ष निलकमल सिंहले जानकारी दिए ।

विमोचन कार्यक्रममा नेपाल विधुत प्राधिकरण इनरुवा शाखा प्रमुख संजिव शाह, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, भोक्राहा नरसिंहका वडा अध्यक्ष हात्तिम अंसारी , नेकपाका गोविन्द निरौला, खेमराज पोखरेल , राजपाका गौरीदेवी महतो लगायतको उपस्थिती थियो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य जयकृष्ण यादव, पत्रकार चन्दन गुप्ता, रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार न्यौपाने, बराहक्षेत्रका प्रमुख प्रशासकिय अधिकृत अच्युत प्रसाद दाहाल, गढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर भट्टराई, भोक्राहा नरसिंहका प्रमुख प्रशासकिय अधिकृत उमेश घिमिरे, देवानगञ्जका प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपाने, नागरिक समाजका अध्यक्ष पुरुषोतम घिमिरे, भुमि सुधार तथा मालपोत कार्यालय प्रमुख सूर्यबहादुर थापा, वर्जु गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता, सहितका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्