पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता: उपाधिकालागि पुलिस र आर्मी भिड्ने

पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता: उपाधिकालागि पुलिस र आर्मी भिड्ने

ताप्लेजुङ, २५ बैशाख ।  तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन्। बुधबार सम्पन्न खेलमा साविक विजेता नेपाल पुलिसले गण्डकी प्रदेश र आर्मीले एपिएफ क्लबलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन्।

पहिलो सेमीफाइनलमा पाँचजना राष्ट्रिय खेलाडीलाई मैदानमा उतारेको पुलिसले गण्डकीलाई ३-० को सोझो सेटमा हरायो। ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघुबजारस्थित नारायणी माविको मैदानमा भएको पहिलो सेमीफाइनलमा २५-१८,२६-२४,२५-१७ अंकको सोझो सेटमा पुलिससँग गण्डकी स्तब्ध बनेको थियो। पुलिसलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका विशाल विक म्यान अफ द म्याच घोषित भए।

त्रिभुवन आर्मी एपिएफलाई ३-१ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। निकै प्रतिस्पर्धात्मक दोस्रो सेमीफाइनल खेलमा आर्मीले एपिएफमाथि  २५-२१,२५-२०,२०-२५,२६-२४ अंकको जित निकाल्यो।

आर्मी सातजना राष्ट्रिय टिमका खेलाडीसहित मैदानमा उत्रिएको थियो।आर्मीका धनबहादुर भट्ट म्यान आफ द म्याच घोषित भए। गुराँसको राजधानी टिएमजे क्षेत्रमा रहेको साँघुमा 'पर्यटन प्रवद्र्धनका लागि भलिबल' भन्ने नारासहित प्रतियोगिताको आयोजना गरिएको हो। वैशाख २२ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी भएका छन्। फाइनल खेल बिहीबार हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्