आइपीएल अपडेट : हैदरावादलाई २ विकेटले हराउँदै दिल्लीले फाइनल प्रवेशको सम्भावना बलियो बनायो

आइपीएल अपडेट : हैदरावादलाई २ विकेटले हराउँदै दिल्लीले फाइनल प्रवेशको सम्भावना बलियो बनायो

विशाखापट्नम, वैशाख २६ । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरमा छनोट भएको छ । गएराति भएको प्ले अफ् खेलमा सनराइजर्स हैदरावादलाई २  विकेटले हराउँदै दिल्लीले फाइनल प्रवेशको सम्भावना बलियो पारेको हो ।

दिल्लीले अब फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

हैदरावादले दिएको १६३ रनको मध्यम लक्ष्य दिल्लीले अन्तिम ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । दिल्लीका लागि सुरुवाती ब्याट्सम्यान पृथ्वी शाले ५६ रन जोड्दा ऋषभ पन्तले ४९ रन जोडे । हैदरावादका खलील अहमद र रसिद खानले समान २–२ विकेट लिए ।

विजेता टोली दिल्लीले फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दा पराजित टोली हैदरावाद प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा चेन्नइलाई पराजित गर्दै मुम्बई इन्डियन्स फाइनलमा प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्