सुनसरीको शिवगंजमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

सुनसरीको शिवगंजमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी, वैशाख २६ । सुनसरीको भोक्राह–नरसिंह गाउँपालिका–३ शिवगंजमा गएराति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

राति सवा १ बजे भित्री सडकखण्डमा दक्षिणबाट उतरतर्फ जाँदै गरेको को२०प ४४० नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थान बस्ने वर्ष २६ को धनपत खत्वे र पछाडी सवार वर्ष २६ कै प्रकाश खत्वे घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक धनपतको राति साढे २ बजे मृत्यु भएको हो । घाइते प्रकाशलाई थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्