तमोर नदीले बगाएर भारतीय नागरिक बेपत्ता

तमोर नदीले बगाएर भारतीय नागरिक बेपत्ता

पाँचथर, २७ बैशाख ।
पाँचथरको हिलिहाङ गाउँपालिका ७ सुभाङमा तमोर नदीले बगाएर एक भारतीय नागरिक बेपत्ता भएका छन् ।

बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने कामदारहरु मध्ये एकजना बेपत्ता भएका हुन् । तीन जना भारतीय नागरिकहरु नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा सोही कम्पनीका कामदार बर्ष १९ को मन्जुरी हकलाई नदीले बगाई बेपत्ता बनाएको हो । अन्य २ जना भने नदी पार गर्न सफल भएका छन् । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथर र प्रहरी चौकी जोरपोखरीबाट गएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्