सप्तरीमा मामाको विहेमा जन्ती गएका १२ वर्षीय बालक अपहरण आरोपमा ४ जना पक्राउ

सप्तरीमा मामाको विहेमा जन्ती गएका १२ वर्षीय बालक अपहरण आरोपमा ४ जना पक्राउ

सप्तरी बैशाख २८,

मामाको विहेमा जन्ती गएका १२ वर्षीय बालक अपहरण गरो आरेपमा ४ जना पक्राउ परेका छन् । राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले सोही गाउँका दुईसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षीय कान्छा भनिने रामअवतार यादव, ३२ वर्षीय सत्येन्द्र यादव, महादेवा गाउँपालिका–१ का ३६ वर्षीय प्रमोद भनिने जोगवीर यादव र तिरहुत गाउँपालिका–४ का ४५ वर्षीय वीरेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले लिएको रामअवतारलाई पक्राउ गरेपछि उनकै बयानका गएका बेला अपहरणमा परेका बालकलाई प्रहरीले भारत विहारको सीतामढी कुम्भ सिवहरबाट १० दिन अघि सकुशल उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्