आईपिएल अपडेट : मुम्बई इन्डियन्स र चिन्नई सुपरकिङ्स फाइनलमा प्रवेश

आईपिएल अपडेट : मुम्बई इन्डियन्स र चिन्नई सुपरकिङ्स फाइनलमा प्रवेश

काठमाडौं बैशाख २८। नेपाली खेलाडी सन्दिप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको हो । चेन्नइले अब उपाधिका लागि मुम्बइ इन्डियन्ससँग खेल्ने छ ।

पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गरेको हो ।

ओपनर फाफ डु प्लेसिस र सेन वाट्सनले अर्धशतक बनाउँदै चेन्नेईको विजयी आधार तय गरेका थिए । सुरेश रैना ११ रन बनाएर आउट भएका थिए ।

यसअघि, विशाखापटनममा चेन्नेईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो ।

ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नुबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

ओपनर पृथ्वी शा ५ र शिखर धवन ८ रनका आउट भएका थिए । कप्तान श्रेयश लेयर १३ रनमा पविलियन फर्किएका थिए ।

चेन्नईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २÷२ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्