आमाहरुको लागि “द सुपर मम” प्रतियोगिता आयोजना हुने

आमाहरुको लागि “द सुपर मम” प्रतियोगिता आयोजना हुने

काठमाडौँ, वैशाख २८ गते । गृहिणी आमाहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले ‘द सुपर मम’ सौन्दर्य प्रतियोगिता हुने भएको छ ।
केट्स इन्टरटेन्मेन्ट र पद्मा फिल्मले संयुक्त रूमा आयोजना गर्ने प्रतियोगितामा पहिलो संस्करणमा ३० जना आमाको सहभागिता रहेको थियो । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा वैशाख २९ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ ।
यसैगरी पुरुषका लागि सौन्दर्य प्रतियोगिता ‘मिष्टर हिमालय नेपाल २०१९’ पनि आयोजना हुने भएको छ । देशभर छरिएर रहेका र अवसरको खोजिमा रहेका पुरुषको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा भाग लिन १८ देखि ३२ वर्षसम्म उमेर हद तोकिएको छ । आयोजक फेसन सिटीका अनुसार असार २८ गते अन्तिम प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितका शीर्ष विजेताले चलचित्र, म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्