इलामको सन्दकपुरका बासिन्दा पर्यटकीय आकर्षण बढाउन सिमसार संरक्षणमा जुटे

इलामको सन्दकपुरका बासिन्दा पर्यटकीय आकर्षण बढाउन सिमसार संरक्षणमा जुटे

इलाम, वैशाख २९ ।

इलामको सन्दकपुरका बासिन्दा सिमसार संरक्षणमा जुटेका छन् । सन्दकपुर गाउँपालिका–५ जमुनाका बासिन्दा जैविक विविधता जोगाउँदै पर्यटकीय आकर्षण बढाउने उद्देश्यले सिमसार संरक्षणमा जुटेका हुन् ।

५५ रोपनी क्षेत्रफलको सिमखेतलाई ढापपोखरीमा परिणत गरेर उनीहरुले डुंगा सञ्चालनमा ल्याएका छन् । यो पोखरीमा व्यावसायिक माछापालन गरेर ‘फिसिङ’समेत सञ्चालन गरिएको छ । यसले पर्यटकलाई आकर्षित गरेको छ ।

ढापपोखरीबाट ३ किलोमिटर माथिको हाँगेथाममा पनि सुकेका पोखरी संरक्षण गरिनुका साथै विभिन्न पूर्वाधार निर्माण गरिएको छ । इलाम सदरमुकामबाट २२ किलोमिटर उत्तरको जमुना भारतको दार्जिलिङ सिमावर्ती भएकाले पनि पर्यटकीय गन्तव्यका रुपमा विकास भए धेरै पर्यटक आउने स्थानीयको अपेक्षा छ ।

जमुनामा ढापपोखरीसहित हाँगेथाम, चोयाटार, जौवारीलगायत जैविक, धार्मिक र पर्यटकीय महत्वका स्थल छन् । स्थानीय प्रयासमा पोखरीको संरक्षण र विस्तार भएपछि त्यस क्षेत्रमा बर्सेनि पर्यटकको आगमनसमेत बढेको छ । पोखरीको विस्तारसँगै पोखरीदेखि तलका वस्तीमा पानीको मूल फुटेकाले अहिले त्यहाँका स्थानीयले नियमित पिउने पानीको सुविधासमेत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्