इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि भिडन्त आज हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि भिडन्त आज हुँदै

हैदरावाद, वैशाख २९ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि दुई परिचित प्रतिद्वन्द्वी चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्नेछन् ।

हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल निकै रोचक हुने अनुमान गरिएको छ । जारी प्रतियोगितामा यी दुई टोली एकआपसमा भिड्न लागेको यो चौथो पटक हो । समूह चरणका दुई तथा क्वालिफायरको खेलमा मुम्बईले चेन्नईलाई हराएको थियो । आजको खेलमा मुम्बई आफ्नो जितको शृंखला जारी राख्दै उपाधि चुम्न चाहन्छ भने चेन्नई हारको शृंखला तोड्दै मुम्बईसँग मीठो बदला लिन चाहन्छ ।

आईपीएल क्रिकेटको फाइनलका यी दुई टोली भिड्न लागेको यो चौथो पटक हो । यसअघिको तीन फाइनल भेटमा मुम्बईले दुई तथा चेन्नईले एक खेल जितेको छ । सन् २०१० मा चेन्नईले मुम्बईलाई पराजित गरेको थियो भने सन् २०१३ र २०१५ मा मुम्बईले चेन्नइलाई पराजित गरेको थियो ।

मुम्बई र चेन्नइले अहिलेसम्म तीन÷तीन पटक आईपीएल क्रिकेटको उपाधि जितेका छन् । यसपटक उपाधि जित्ने टिम सर्वाधिक ४ पटकको च्याम्पियन बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्