बिराटनगर बैशाख २९,

Advertisement

नेपाल बैंक लिमिटेड दुहबी शाखाले वित्तीय सचेतनाको लागि घर दैलो अभियान  संचालनमा ल्याएको छ । बैंकले जनताको घर दैलोमा गएर “सम्बृद्धि वचत खाता” खोल्न स्थानीयलाई आवहान गरेको छ । मात्र १ सय रुपैयामा खोल्न सकिने उक्त खातामा ५.२५ प्रतिशत ब्याज पाइने छ ।

बैंकले सुनसरी दुहबीको गाउँ गाउँमा गएर उक्त अभियान संचालन गर्ने जनाएको छ । हालसम्म १५० बढी खाता खोलिएको र अभियान अझै जारी रहेको बैंकले बताएको छ ।

सरकारी बैंकले पनि घर दैलो अभियान संचालनमा ल्याएकोमा सर्वसाधारण उत्साहित भएका थिए

प्रतिक्रिया लेख्नुहोस