पुर्वका महिलाको भारतबाट उद्धार : १५ महिलालाई परिवारको जिम्मा लगाइयो

पुर्वका महिलाको भारतबाट उद्धार : १५ महिलालाई परिवारको जिम्मा लगाइयो

भद्रपुर, वैशाख २९ गते ।

भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ ।

भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको संरक्षणमा राखिएको थियो ।

झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने शनिबार बिहान काठमाडौँ पु¥याइएको छ । सिन्धुपाल्चोक, सुर्खेत र बाँकेका ती महिलालाई आज आइतबार परिवारको जिम्मा लगाइने माइती नेपालले जनाएको छ । वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेका २३ महिलालाई भारतको मिजोरमबाट उद्धार गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्