इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सलाई

<span class='c1'>इन्डियन प्रिमियर लिग (आईपिएल)</span> <span class='c2'>क्रिकेटको उपाधि मुम्बई इन्डियन्सलाई</span>

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।

गएराती भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बईले कीर्तिमानी चौथो पटक आईपीएलको उपाधि जितेको हो ।जितसँगै मुम्बई सर्वाधिक चार पटक च्याम्पियन बन्दा चेन्नाई सुपर किङ्स तिन उपाधिमै खुम्चियो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन जोडे । बलिङतर्फ चेन्नाईका दिपक चहरले तीन विकेट लिए भने सार्दुल यादव र इम्रान ताहिरले २–२ विकेट झारे ।

जवाफमा १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिएपनि टोलीलाई जिताउन भने सकेनन् । बलिङतर्फ मुम्बईका जस्प्रित बुम्राहले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्