धनुकटामा प्रदेश १ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्‍चालनमा

धनुकटामा प्रदेश १ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्‍चालनमा

विराटनगर बैशाख ३०। धनुकटामा प्रदेश १ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्‍चालनमा आएको छ ।

एक औपचारिक कार्यक्रमबीच आइतबार मुख्यमन्त्री शेरधन राईले कार्यालय उद्घाटन गर्दै भने,‘‘विकासमा नयाँ मोडल आवश्यक छ । अब आधुनिक तथा दिगो ढंगबाट विकास निर्माणका कार्य सञ्चालन गर्नुपर्छ ।’’

बजेट खर्चमात्र हुने तर प्रतिफल हासिल नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने राईको भनाइ थियो । फरक प्रसंगमा मुख्यमन्त्री राईले धनकुटालाई आफूले कुनै पनि हालतमा सुक्न नदिने पनि स्पष्ट गरे ।

प्रदेश सरकारले स्थापना गर्ने टिचिङ हस्पिटलसमेत धनकुटामै स्थापना गर्नेसमेत बताए । धनकुटा प्रदेश १ को बीच भागमा रहेकाले मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गर्नुपरेको समेत बताए । धनकुटामा यातायात सेवा कार्यालय पनि उद्घाटन गरिएको छ ।

पहिलेको क्षेत्रीय प्रशासन कार्यालयलाई मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा तालिम केन्द्रमा यातायातको कार्यालय सञ्चालन गरिएको हो । सम्पर्क कार्यालयमा मुख्यमन्त्री धनकुटा आउँदा रहने तथा आवश्यक परेको खण्डमा मन्त्री परिषदको बैठक समेत सञ्चालन गरिने जनाइएको छ । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्