असारबाट प्रशारण हुँदै ‘द भ्याइस अफ नेपाल’, दुई जना कोच फेरिँदै

असारबाट प्रशारण हुँदै ‘द भ्याइस अफ नेपाल’, दुई जना कोच फेरिँदै

काठमाडौं बैशाख ३० ,

सिङगिङ रियालिटी शो ‘द भ्याइस अफ नेपाल’ असारबाट प्रशारण हुने भएको छ । ‘द भ्याइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट प्रशारण हुने भएको हो ।

डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको छ । ‘द भ्याइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिशनमा दुई हजार २ सय सहभागी भएका थिए ।

ब्लाइन्ड अडिशनको सुटिङ अर्को हप्ताबाट सुरु हुँदैछ । धुम्बाराहीमा रहेको स्टुडियोमा ब्लाइन्ड अडिशनको सुटिङ हुनेछ  । लाइभ हेर्न चाहनेले उक्त सुटिङ हेर्न सक्ने निर्देशक पौडेलले बताए । ब्लाइन्ड अडिशनमा २२ हजारले सहभागिताका लागि आवेदन दिएका थिए । पहिलो सिजनमा १२ हजार सहभागी भएका थिए ।

स्टुडियो निर्माणका लागि दुई करोड रुपैयाँ लागेको पौडेलको भनाइ छ ।

गत वर्ष ब्लाइन्ड, ब्याटल र लाइभ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा नक आउट चरण पनि थपिएको छ । सिजन–२मा लाइभ शोमा एकै दिन गत सिजनमा जस्तो चार जना बाहिरिने छैनन् । “गत वर्ष लाइभ शोमा एकै दिन चार जना आउट हुँदा  राम्रो भएन भन्ने गुनासो आएकाले यसपटक प्रत्यक लाइभ शोमा एक जनाका दरले आउट हुने फम्र्याट ल्याउँदैछौं,” निर्देशक पौडेलले बाह्रखरीसँग भने । यो वर्ष नक आउट चरणमा धेरै बाहिरने छन् ।

गत सिजनमा दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल कोच रहेका थिए । यो वर्ष यी मध्ये दुई जना मात्रै दोहोरिने छन् । दीप श्रेष्ठ र प्रमोद खरेल दोहोरिने स्रोतको भनाइ छ ।

निर्देशक पौडेलले अभया सुब्बा गत वर्षको ग्राण्ड फिनालेमा सहभागी नभएकाले उनी सिजन–२ का लागि नदोहोरिने बताए । तर नदोहोरिने अर्को को हो ? त्यो भने खुलाउन चाहेनन् । कार्यक्रम ३२ वटा श्रृंखला प्रशारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्