खोटाङमा अविरल बर्षासंगै खसेको चट्याङबाट ७ जना घाइते

खोटाङमा अविरल बर्षासंगै खसेको चट्याङबाट ७ जना घाइते

खोटाङ, वैशाख ३० गते ।

खोटाङको दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-५ मा आइतवार अविरल बर्षासंगै खसेको चट्याङ लागरे ७ जना घाइते भएका छन् । साँझ ७ बजे चट्याङ खसेर सोही ठाउँ बस्ने बर्ष ३५ की रेणुका बिष्ट, निजको छोरी बर्ष १५ की जानुका बिष्ट, बर्ष ११ की अनुषा बिष्ट, छोरा बर्ष ११ को अभिषेक बिष्ट घाईते भएका हुन् ।

त्यसैगरी सोही ठाउँ बस्ने युवराज कट्वालको छोरी बर्ष १४ की लक्ष्मी कट्वाल सोही ठाउँ बस्ने बर्ष ७५ की खेम कुमारी कट्वाल, बर्ष ४० की पदम कुमारी बिष्ट र बर्ष ३४ कि मीना कट्वाल घाइते भएका हुन् । घाइते भएका सवैजनालाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइते सवैको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्