ईलाममा एक किलो गाँजा सहित एक जना पक्राउ परे

ईलाममा एक किलो गाँजा सहित एक जना पक्राउ परे

ईलाम, वैशाख ३० गते ।

ईलामको देउमाई नगरपालिका-१ कुखुरे गाउँबाट प्रहरीले लागूऔषध गाँजा सहित आईतवार १ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने बर्ष ६७ को आस बहादुर राईको घरबाट साँझ साढे ७ बजे लुकाई छिपाई राखेको १ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

गाँजा सहित पक्राउ परेका राईलाई उक्त कार्यालयमा राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्