माता सीताको जन्मदिनको अवसर पारेर जनकपुरमा आज जानकी महोत्सवको कार्यक्रम

माता सीताको जन्मदिनको अवसर पारेर जनकपुरमा आज जानकी महोत्सवको कार्यक्रम

जनकपुर, वैशाख ३० ।

माता सीताको जन्मदिनको अवसर पारेर जनकपुरमा आज जानकी महोत्सवको कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक भएकी छन् ।

जानकी मन्दिर प्राङ्गणमा आयोजना भएको जानकी महोत्सवको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज हेलिकप्टरमार्फत जनकपुर पुगेकी हुन् ।

रामायणकालमा मिथिलाको भूमिमा राजा जनकले हलो चलाउँदा पादुर्भाव भएर जन्म भएको सीताको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष यहाँ जानकी नवमी मनाउने गरिन्छ । परापूर्वकालदेखि नै सीताको जन्मदेखि न्वारनसम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउन थालिएको जानकी महोत्सव पहिले औपचारिकतामा सीमित भए पनि विगत दुई वर्षदेखि भव्यता दिन थालिएको सहमहन्त रामरोशन दास वैष्णवको भनाइ छ ।

राष्ट्रपति भण्डारी जनकपुरस्थित एयरपोर्टबाट सिधैँ जानकी मन्दिरमा गएर पूजा तथा दर्शन गरेकी छन् । उनी जानकी महोत्सव विशेष समारोहमा सहभागी हुँदैछिन् ।

जानकी मन्दिरले १५ दिवसीय जानकी नवमी महामहोत्सव मनाउँदै आएकोमा प्रदेश सरकारले जानकी नवमीको अवसरमा शुभकामना दिँदै आज सार्वजनिक बिदा समेत दिएका छ । वैशाख २२ गतेदेखि मनाइँदै आएको जानकी महोत्सवमा जेठ ४ गतेसम्म चल्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्