ईटहरीमा पकेटमारेर भाग्दै गरेका पकेटमार पक्राउ 

ईटहरीमा पकेटमारेर भाग्दै गरेका पकेटमार पक्राउ 

सुनसरी, वैशाख ३१  ।

सुनसरीको ईटहरी उप-महानगरपालिका-२० तरहराबाट १ जना पकेटमारलाई पक्राउ परेका छन्  । पाकेट मारेको आरोपमा ईटहरी-१९ बस्ने बर्ष २३ को सुमन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । राईले बिहान ८ बजेको समयमा ईटहरीबाट धरान तर्फ जाँदै गरेको बसमा सवार रहेका ईटहरी-५ बस्ने बर्ष ५९ को हजारमान तामाङको पाईन्टको गोजी काटेर नगद ३० हजार पकेट मारी अटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका राईको साथबाट प्रहरीले पाकेट मारेको नगद २८ हजार बरामद गरेको छ ।

बरामद नगद सहित राईलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्