मोरङको कटहरीमा हावाहुरीबाट घर लडेर एकको मृत्यु 

मोरङको कटहरीमा हावाहुरीबाट घर लडेर एकको मृत्यु 

मोरङ, वैशाख ३१ ।

मोरङको कटहरी गाउँपालिका-१ मा आइतबारको रातीको हावाहुरीबाट घर लडेर किच्दा एक जनाको मृत्यु भएको छ । राती १ बजे आएको हावाहुरीबाट सोही स्थान बस्ने बर्ष ५१ को चन्द्र दासको टाटी बेरा र टिनको छानो भएको घर लडेर किच्दा दासको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय हाडखोलाले जनाएको छ ।

हावाहुरीले दासको मृत्यु भएको भन्ने विहान ७ बजे खबर पाउनासाथ खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्