इटहरी बैशाख ३१ , इटहरीमा सोमबार राति घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमाधनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको छतबाट लडेर मृत्यु भएको हो ।

Advertisement

उनी राति ९ बजे घरको तीन तला माथिबाट लडेको प्रहरीले जनाएको छ । लडेर गम्भीर घाइते भएकी शर्माको उपचारकाक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस