विराटनगरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डो तर्फ पदक जित्ने खेलाडीलाई सम्मान

विराटनगरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डो तर्फ पदक जित्ने खेलाडीलाई सम्मान

विराटनगर,  बैशाख ३१। पूर्वाञ्चल आईटिएफ तेक्वाण्डो एशोशिएसन प्रदेश नं. १ समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डो तर्फ पदक जित्ने खेलाडीहरुलाई विराटनगरमा सम्मान गरेको छ ।

सम्मानित हुने खेलाडीहरुमा धिरन राई, मिकी गुरुङ, अर्जुन चौधरी, आशिष मगर, निशेष कटुवाल, उत्तम राई रहेका छन् । उनीहरुले विभिन्न तौल समूह र विधामा पदक प्राप्त गरेका थिए । यसैगरी निर्णायक चन्द्र बहादुर तामाङलाई पनि सम्मान पत्र प्रदान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलाडीहरुलाई प्रमाणपत्र र माला लगाएर सम्मान गर्नुभयो ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्