ईटहरीमा ३ तला माथिबाट खसेर किशोरीको मृत्यु

ईटहरीमा ३ तला माथिबाट खसेर किशोरीको मृत्यु

सुनसरी, ३१ वैशाख । सुनसरीको ईटहरी उप-महानगरपालिका-६ संगित चोकमा   घरको ३ तला माथिबाट खसेर  १ जना किशोरीको मृत्यु भएको छ । राती ९ बजेको समयमा कुवेर शर्माको घरमा डेरा गरी बस्ने वावुलाल शर्माको छोरी बर्ष १७ की पुजा शर्मा घरको ३ तला माथिबाट खसेर घाइते भएकी थिइन ।

गम्भीर घाइते किशोरीलाई उपचारको लागि तत्काल धरान स्थित वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा राती  मृत्यु भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्