इटहरीमा एक महिलाको डुबेको अवस्थामा शव भेटियो

इटहरीमा एक महिलाको डुबेको अवस्थामा शव भेटियो

सुनसरीको इटहरीमा एक महिलाको डुबेको अवस्थामा शव भेटिएको छ । इटहरी ११ स्थित बुढी खोलाको किनारमा पहिचान नखुलेको अन्दाजी ३४–३५ उमेरकी महिलाको शव भेटिएको इटहरी प्रहरीले जनाएको छ ।

डिएसपी समिरचन्द्र खरेलका अनुसार इटहरी आसपास प्लाष्टिक खोजेर हिड्ने महिलाको शव भएको बताए ।तिनचार दिनदेखि पानीमा डुबेको कारण शव गलेको अवस्थामा भेटिएको उनले बताए ।

ति महिलाको डुबेरै मृत्यु भएको हुन सक्ने खरेलको भनाई छ । शवको पोष्टमार्टमको लागी धरान विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान पठाइएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्