उदयपुर, १ जेठ। प्रहरीले रातारात अतिक्रण हुन लागेको जमिन जोगाएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको करिब ३ विगाह जमिन प्रहरीले जोगाएको हो ।
दुई दिनयता रातिको समय पारेर अतिक्रमण गरेको जग्गा प्रशासनको आदेशमा प्रहरीले मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि र उद्योगका कर्मचारीको रोहबरमा खाली गरेको हो । अज्ञात समूहले रातिराति अतिक्रमण गर्दै बाँसको किला ठोकेर घडेरी छुट्याउन लागेका थिए ।
त्रियुगानगरपालिका ४ र ६ को सीमानास्थित देउरीको पञ्जियार चोकदेखि दक्षिणतर्फ उद्योगको क्वाटर ९कर्मचारी आवास० क्षेत्र जाने सडकको पश्चिमतर्फ मुखको जमिन २ रातयता अज्ञात समूहले किला गाडेर टहरा हाल्ने तयारी गरेको भन्दै उद्योगले सोमबार जिल्ला प्रशासन कार्यालय गुहारेको थिायो। प्रशासनको आग्रहअनुसार प्रहरीले जमिन खाली गराएको हो।