मोरङको नेता चोकबाट बालुवा सहित २ वटा ट्याक्टर नियन्त्रण

मोरङको  नेता चोकबाट बालुवा सहित २ वटा ट्याक्टर नियन्त्रण

बिराटनगर जेष्ठ १ ।

मोरङको ग्रामथान गाउँपालिका-७ नेता चोकबाट प्रहरीले बालुवा सहित आज २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका-५ कसेनीमा निषेधित क्षेत्रको लोहान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेर लैजाँदै गरेको अवस्थामा को १ त ९७२० र को १ त ३८०२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

ट्याक्टरका दुवै चालक फरार रहेकाले खोजी कार्य भईरहेको तथा बालुवा सहित ट्याक्टरलाई इलाका प्रहरी कार्यालय हरैँचामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्