८ भाद्र २०७६, आईतवार

धनकुटाको शहिदभुमीबाट ८ किलो गाँजा बरामद

धनकुटा, १ जेठ ।  धनकुटाको शहिदभुमी गाउँपालिका-२ अखुवाटार जंगलबाट प्रहरीले   ८ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

सोही जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा सेउलाले छोपेर वेवारिसे अवस्थामा राखिएको उक्त परिमाणको गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ भने सो सम्बन्धमा थप अनसुन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस