सुनसरीको देवानगन्ज गाउँपालिकाले दलितहरुलाई बस्ती निर्माण गरिदिने

सुनसरीको देवानगन्ज गाउँपालिकाले दलितहरुलाई बस्ती निर्माण गरिदिने

सुनसरी, १ जेठ । सुनसरीको देवानगन्ज गाउँपालिकाले दलितहरुलाई बस्ती निर्माण गरिदिने भएको छ । ‘नयाँ दलित वस्ती’को एक समारोहबीच गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले बुधबार शिलान्यास गरेका छन् । देवानगन्ज-४ मा सो बस्ती निर्माण हुनेछ ।

वडा नम्बर ४ का वडाअध्यक्ष चन्द्रेश्वरप्रसाद मेहताले बस्ती निर्माणले दलित परिवारलाई निकै राहत हुने बताए । तराई मधेश योजनाअन्तर्गत बस्ती निर्माणको ठेक्का लागि सकेको छ । यसका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, ठेक्का भने ८१ लख रुपैयाँमा वडाअध्यक्ष मेहताले बताए ।

उपभोग्य परिवार संख्या २४ रहेको छ । त्यसमा पनि मुसहर समुदायकै अधिक छन् । मेहताले भने,‘‘दुई कोठे भान्छा तथा आँगनसहित भवन निर्माण हुनेछ ।’’

सगोलमा रहेका परिवारलाई दुई कोठा महिला पुरुष गरी दुई ठाउँमा चर्पीसमेत निर्माण गरिने बताइएको छ । हरेक परिवारलाई पाँच धुर जमिन खरिद गरी गाउँपालिकाले उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्