भीमनारायण गोल्डकप : पहिलो सेमीफाईनलमा डाउफिन्स क्लब क्यामरुन बिजयी

भीमनारायण गोल्डकप :  पहिलो सेमीफाईनलमा डाउफिन्स क्लब क्यामरुन बिजयी

धनकुटा २ जेठ । धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण अन्तर्गत आज बिहान भएको पहिलो सेमीफाईनल खेलमा डाउफिन्स क्लब क्यामरुन बिजयी भएको छ ।

विन्धवासिनी क्लब मोरङ्ग लाई २—० ले पराजीत गर्दै डाउसिन्सले फाईनल यात्रा तय गरेको हो । पहिलो हाफको १३ औ मिनेटमा डाउफिन्सका पेटाङ्गले गोल गरेका थिए भने दोस्रो हाफको अतिरिक्त समयमा उरेलले गोल गर्दे टीम लाई बिजयी गराए । खेलको म्यान अम्यमच डाउफिनसका यानिक घोषित भए ।

आजको दोस्रो सेमिफाइनल दिउँसो ३ बजे विर्तामोड यूनाईटेड क्लब झापा र एपिएफ क्लब काठमाडौका बच हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्