भोजपुर सदरमुकाममा सिलिन्डर पड्किएर आगलागी

भोजपुर सदरमुकाममा  सिलिन्डर पड्किएर आगलागी

भोजपुर, ३  जेठ । भोजपुर सदरमुकाम नजिकै  सल्केको आगोले एक जलेरको छ। भोजपुर नगरपालिका ९, पोखरेलाइनका स्थानीय बखतबहादुर श्रेष्ठको घर जलेको हो।  किराना पसल सञ्चालन गर्दै आएका व्यवसायी श्रेष्ठको घरभित्रको सिलिन्डर पड्किएर आगलागी भएको हो।

घरभित्र रहेका लत्ताकपडा, अन्नपात, पैसा, गरगहनालगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। सडक साँघुरो भएकाले भोजपुर नगरपालिकाको दमकल पुग्न नसक्दा बढी क्षति भएको स्थानीयबासीले गुनासो गरेका छन्।

खानेपानीको लाइनबाट पानीले आगो निभाउने प्रयास भए पनि पानी पर्याप्त नहुँदा आगो पूर्णरूपमा नियन्त्रणमा लिन समस्या भएको थियो। उक्त आगो सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा करिब १ घण्टापश्चात नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्