मोबाइलमा म्यासेज पठाएर हैरान बनाउनेलाई खुकुरी प्रहार गर्दा हस्पिटल भर्ना

मोबाइलमा म्यासेज पठाएर हैरान बनाउनेलाई खुकुरी प्रहार गर्दा हस्पिटल भर्ना

दमक ३ जेठ । झापाको दमकमा केटीलाई जिस्क्याएको निहुँमा एक व्यतिले खुकुरी प्रहार गरेका छन । बुधबार राति दमक ५ का स्थानीय दीपक चौलागाइले खुकुरी प्रहार गर्दा सोही ठाउँका यादव राई र उनकी पत्नी पेमा तामाङ घाइते भएका छन ।प्रहरीको अनुसार खुकुरी प्रहारबाट राईको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको बताइएको छ । राईको श्रीमती पेमालाई सामान्य चोट लागेको बताइएको छ । उक्त घटना दमक ५ की बिन्दु थापालाई राईले मोबाएलमा म्यासेज पठाएर अनावश्यक दुःख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको अनुमान छ बिन्दुलाई समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिहेकोे झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्