निरश स्व.मदन भण्डारीको गाउँ, संग्राहालय उर्लावारीमा बनाएकोमा स्थानीय असन्तुष्ट (फाेटाे फिचर)

निरश स्व.मदन भण्डारीको गाउँ, संग्राहालय उर्लावारीमा बनाएकोमा स्थानीय असन्तुष्ट (फाेटाे फिचर)

विराटनगर, ३ जेठ ।
मोरङको रतुमाई नगरपालिका वडानम्बर १० ईटहराको सातमेडिमा रहेको स्वर्गिय मदन भण्डारीको घरमा भेटिनुभयो, घनश्याम भण्डारी । उहाँ यही मदन भण्डारीको घरको रुँगुवाको काम गर्नुहुन्छ ।

उहाँसँगै उहाँकी श्रीमती यसोदा र २ छोरापनि थिए । २०६३ साल अगाडी खाली रहेको यो घरमा अहिले यो परिवारले संरक्षण गर्दै आएको छ । यहाँ जाने जो कोहीलाई यो घरको अबस्थाको बारेमा भन्ने अधिकार यो परिवारलाई छैन । यसको कारण हो, यस अघि भनिएका कुराले गलत सन्देश गयो भनेर यस्तो भनिएको भण्डारीले बताउनुभयो । यहाँ मदन भण्डारीको यो घरको बारेमा सोधी खोजी गर्न जाने जो कोहीले पनि घर भएको भन्दा करिब ५ सय मिटर पुर्ब रहेका शिवराज पौडेललाई भेट्नु पर्छ । शिवराज पौडेल मदन भण्डारीसँगै हुर्किएका र उनीसँगै खेलेका, सँगै पढेका र ताप्लेजुङदेखि ईटहरासम्म सँगै आएर बसेका ब्यक्ति हो । उहाले बाहेक ईटहरामा रहेको मदन भण्डारीको अबस्था त्यो बेलाको बारेमा कसैले पनि भन्न सक्दैन ।

ईटहराको भौडाहा चौकबाट करिब २ किलोमिटर पुर्ब गएपछि पुगिने स्वर्गिय मदन भण्डारीको यो घरका आसपासमा आँपका ठुला बोटहरु छन् । अनी वरीपरी रहेका नरिवल, सुपारीका बोटहरुसँगै फुलवारीले सौन्दर्यता प्रदान गरेको छ । काठै काठले बनाएको घर २ तलाको छ । यो घरको तल्लो तलामा ईलामबाट ल्याएर भण्डारी परिवारलाई राखिएको छ भने माथिको तला खाली छ । माथिल्लो तलामा त्यो बेला मदन भण्डारी बस्ने र राजनीति गतीबिधि गर्ने भएकोले माथिल्लो तलालाई खाली अबस्थामा नै राखिएको छ । अहिले संरक्षण समिति बनाएर काम भएपनि प्रभावकारी हुन नसकेको मदनग्राम पुर्बाधारण संरक्षण समितिका संयोजक शिवराज पौडेलले बताउनु भयो । उहाँका अनुसार मदन भण्डारी २०२८ सालदेखि २०४७ सालसम्म यही ठाउँमा बसेर राजनीति गर्ने, भेला, देश दौडाहा र संगठनको बिस्तार यहीँबाट गर्थे । तर २०४७ साल पछि मदन र्फिएनन् ।’ २०५० साल सम्ममा यही ठाउँमा मदन भण्डारीका बुबाआमा सहित परिवारका अन्य सदस्य बसेपनि मदन भण्डारीको निधनसँगै परिवारले यो ठाउँ छाड्यो । त्यसपछि यहाँको चहल पहल नै हराउँदै गयो ।यसको चहल पहल हराउनुको कारणको रुपमा स्थानीयले मदन भण्डारी स्मृती प्रतिष्ठानलाई नै दोषी देख्छन् । मदन भण्डारीको नाममा बनाउने भनिएको संग्राहलय उर्लावारीमा बनाएपछि स्थानीय रुष्ट छन् । संग्राहलय बनेर यहाँको केही मुहार फेरिएला भन्ने आशा गरेका स्थानीय निरश भएका छन् । तर मदन भण्डारीको घरमा बनाईनु पर्ने संग्राहलयलाई प्रतिष्ठानले आफ्नै कार्यालय भएको ठाउँमा राखेपछि यसको महत्व हराएको स्थानीयको बुझाई छ ।मदन भण्डारीले २०२४ सालमा क्षत विक्षत अबस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै मेची कालीसम्म पु¥याउने काम यही ईटहराको सातमेडीबाट भएको उनलाई नजिकैबाट नियालेकाहरु बताउँछन् । मदनको योगदानलाई सबैले कदर गरेपनि मदन भण्डारीको घर नैै प्रतिष्ठानको नाममा गएपनि प्रतिष्ठानले भने मदन भण्डारीको यो घरको संरक्षण तथा त्यहाँको साँढे ४ बिगाहा जग्गालाई संरक्षण दिन नसकेकोमा स्थानीय रुष्ट भएका हुन् ।

भर्खरै दर्ता भएको मदन आश्रीत फाउण्डेशनका संयोजक मेघराज कट्टेलले अहिलेसम्म ईटहराको मदन भण्डारीको अस्तित्व नै खतरामा पार्ने गरी काम भएको बताउनु भयो ।
‘सम्पुर्ण कम्युनिष्ट पार्टी तयार पार्ने कर्म क्षेत्र यहीबाट भएको हो, कट्टेलले भने, तत्कालिन अबस्थामा मदन भण्डारी प्रतिष्ठानले संरक्षण गर्छ भनेर मदन भण्डारीको सबै घर जग्गा उसैको नाममा गयो तर त्यसको भोगचलन पारिवारिक उपयोगका लागि मात्र प्रयोग गरिएको छ ।’पटक पटक संरक्षणको लागि सुझाव, सल्लाह आग्रह र अनुग्रह गरिएको भएपनि सोचे अनुसारको काम हुन नसकेको बताउनु भयो ।
राष्ट्रपतिको रुपमा रहनु भएकी मदन भण्डारीकी धर्म पत्नी बिद्याभण्डारीले समेत संरक्षणमा खासै चासो नदिएको स्थानीयको गुनासो छ । देखाउन मिल्ने गरीका कामहरु हुन नसकेको छैन, स्थानीयले भने, मदन भण्डारीको संग्राहलय यहीँ राखिनु पर्छ, ईटहरा मदन भण्डारीको कर्मथलो र कम्युनिष्ट जन्माउने नेकपाको तिर्थस्थलको रुपमा यसलाई विकास गरिनु पर्छ ।’मदन भण्डारी प्रतिष्ठानका अध्यक्ष गुरु बरालले जन्मथलो ताप्लेजुङको ढुङगेसाँघुमा घर निर्माण, कर्मथलो मोरङको ईतहराको घर र जग्गालाई संग्रहित गरिएको बताउनु भयो । अध्यक्ष बरालले मदन भण्डारी कर्मथलो ईटहरा भएपनि अहोरात्र हिड्ने थलो उर्लाबारी नै भएकोले सबैलाई पायक पर्ने गरी संग्राहलय उर्लावारीमा बनाईएको जानकारी दिनुभयो । तर उर्लावारीमा संग्राहलय बनाएपनि कर्मथलो ईटहरालाई वेवास्ता गर्ने कुनै उदेश्य नरहेको उहाँले बताउनुभयो । मदन भण्डारीको अनुकरणीय बिचार र शिद्धान्तलाई बुझाउनका लागि सामुदायिक गतिबिधि, अनुकरणीय र आदर्श नमुना गाउँ बनाउने भनेर बिशेषज्ञबाट खोज र अन्वेषणको काम भईरहेको छ, उहाँले भन्नुभयो ।
स्व. भण्डारीको घरमा उनको बारेमा जानकारी लिन तथा सोधी खोजी गर्नका लागि दैनिक १० देखि १५ जनासम्म पुग्ने गरेको स्थानीय सुनाउँछन् ।  ईटहरा पुगेर सुमन सुस्केराले तयार पारेकाे स्थलगत रिपाेर्ट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्