धनकुटामा जारी भीमनारायण गोल्डकप फूटबल प्रतियोगिता एपिएफले जित्यो

धनकुटामा जारी भीमनारायण गोल्डकप फूटबल प्रतियोगिता एपिएफले जित्यो

धनकुटा, ३ जेठ । धनकुटामा जारि शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको १४ औं संस्करण उपाधी सशत्र प्रहरीको एपिएफले जितेको छ । आज भएको फाईनल खेलमा दाउसिन्स क्लब क्यामरुनलाई पेनाल्टी सुटमा ४-२ले पराजित गर्दे उपाधी जितेको हो ।

खेलको ४४ औ मिनेटमा क्यारुनका यनिक ओवाना ले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ६० औ मिनेटमा क्यामरुनका ओको बोटाले एपिएफका खेलाडीलाई डि बक्समा फल गरेपछि एपिएफले पेनाल्टि पाएको थियो । उक्त अवसरलाई एपिएफका खेलाडी रवि थिङ्गले सदुपयोग गर्दै गोल गरे र आफनो टिमलाई १ /१ गेलको बराबरीमा पु¥याए । खेलमा आक्रमक रुपमा प्रस्तुत भएको क्यामरुनले डि बक्स नजिकै फ्रिकिकको मौका पायो । क्यामरुमका खेलाडीले पाएको मौका खेर जान दिएनन् ।

जर्सी नं ८ का निहाले प्रहार गरेको फ्रिकिक पेटाङ्गगाले गोलमा परिणत गरे र आफ्नो टिमलाई २ -१ गोलले अग्रता दिलाए । त्यस लगत्तै एपिएफका महेश लामाले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पु¥याए । निर्धारीत समयमा खेल बराबरीमा रोकीए पछि खेल को निर्णय ट्राइबेकरबाट गरीएको थियो ।

पेनाल्टीमा दाउसिनसका पेटाङ्ग प्रिसोले मात्र गोल गरे भने एपिएफका हरी खत्री, रबी थिङ्ग, घनश्याम ठाकुरले गोल गरेका थिए । आजको मेनअफ द म्याच विजेता क्लव एपिएफका सुमित आले मगर घोषित भए । त्यस्तै प्रतियोगिताको बेस्ट गोलरक्षक एपिएफका अमृत चौधरी,उत्कृष्ट खेलाडी एपिएफकै रवि थिङ्ग घोषित भए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्