भाेजपुरमा पसल तथा होटलहरुमा खाद्य तथा मासुजन्य पदार्थ गुणस्तरहिन

<span class='c1'>भाेजपुरमा पसल तथा होटलहरुमा खाद्य</span> <span class='c2'>तथा मासुजन्य पदार्थ गुणस्तरहिन</span>

भोजपुर, ३ जेठ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले को अगुवाइमा शुक्रबार भोजपुर सदरमुकाममा बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा केही पसल तथा होटलहरुमा खाद्य तथा मासुजन्य पदार्थ गुणस्तरयुक्त नभएको पाइएको छ ।

भोजपुर बजार क्षेत्र आसपासका १६ वटा पसलमा अनुगमन गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । प्रशासन, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य संघसमेतको सहभागितामा गरिएको अनुगमनमा मिठाइ पसल, किराना पसल, मासु पसल, होटल र पाउरोटी उद्योग परेका छन् ।

अनुगमनको क्रममा तेल, चाउचाउ, कुरकुरे लगायतका ५ वटा खाद्य सामग्रीको नमुना ल्याव परीक्षणको लागि लगिएको अनुगमन टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्