१४ जेष्ठ २०७७, बुधबार

सप्तरीमा अज्ञात समुहले गाउँपालिका अध्यक्षकोे घरमा बम राखेपछि ..

राजविराज, जेठ ४  गते ।  अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा गए राति प्रेसर कुकर बम विष्फोट गराएको छ । सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमाललले जानकारी दिनुभयो । बम विष्फोटनबाट प्रतिक्षालयमा रहेको टेबुल, कुर्सी र फर्निचरको जलेर नष्ट हुनाका साथै उहाँका काका श्याम गोइत घाइते हुनुभएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बम विष्फोटनबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-26

Country Confirmed Death
Nepal7724
India1507934344
China841034638
Malaysia7604115
Qatar4720728
Australia7139103
US168091398913
Saudi Arabia76726411