झापामा यस्तो प्रकृतिको आत्महत्या , स्थानीय भन्छन “अचम्मको आत्महत्या देखियो”

झापामा यस्तो प्रकृतिको आत्महत्या , स्थानीय भन्छन “अचम्मको आत्महत्या देखियो”

बिर्तामोड जेष्ठ ४ । पारिवारिक मनमुटाव भएर केहि महिनादेखि वेवारिसे जीवन विताइरहेका ५२ वर्षीय नन्दकिशोर भेटवाल आज विहान अर्जुनधारा–११ मा झुण्डिरहेको अवस्थामा फेला परेका छन् ।
शनिवार विहान डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका भेटवाल शारिरीक रुपमा अशक्त थिए ।

पूर्वपश्चिम राजमार्ग बुट्टाबारी पूर्व जंगल क्षेत्रमा रहेको चौतारीमा झुण्डिएको अवस्थामा फेला परेका भेटवालको मम्मरमुनीको भाग चल्दैन थियो, उनका दाई हरि भेटवालले भने । अत्याधिक मादक पदार्थ सेवन गर्ने भेटवाल परिवारमा विवाद भएपछि चारपानेमा आफन्तको घरमा बस्दै आएका थिए । केहि समयदेखि उनको उपचार मेची अञ्चल अस्पताल भद्रपुरमा भइरहेको थियो । अस्पतालमा झैझगडा गरेका कारण नियन्त्रण गर्न नसकेपछि भेटवाल बैशाख २७ भागेका भागेका थिए ।

स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय अनारमनीले आफन्त बोलाएर जिम्मा लगाई पोष्टमार्टमका लागि पठाएको थियो । दाजु हरिका अनुसार अहिले उनको पोष्टमार्टम पछि अत्येष्टि गरिएको छ । शारिरीक रुपमा अशक्त भेटवाल झुण्डिएको चौतारीमा हेर्दा उनको आत्महत्यामा शंका गर्ने ठाउँ रहेको प्रत्यक्षदर्शीको भनाई छ ।

घोँडा टेकिरहेको अवस्था थियो, डोरी बाँधेको ठाउँ हेर्दा झुण्डिएको जस्तो देखिदैन – एक प्रत्यक्षदर्शी भन्छन्, यो अचम्मको आत्महत्या देखियो । मेरुदण्ड भाँचिएका भेट्वाल आफै कसरी झुण्डिए ? डोरी बाँधिएको ठाउँ देखि जमिनको दुरी आत्महत्या नहुने गरिको स्पष्ट देखिन्छ ।

-इजलास दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्