ओखलढुंगाको खिजिदेम्बा विद्यालयमा शेर्पा भाषाको पढाई शुरु

ओखलढुंगाको खिजिदेम्बा विद्यालयमा शेर्पा भाषाको पढाई शुरु

ओखलढुंगा, ४ जेठ । यहाँको वडा नं. ९ स्थित शिवालय मावि छेर्मादिङ पात्लेमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ । स्थानीय विषय अन्तर्गत कक्षा १ र २ सम्म शेर्पा भाषामा पठनपाठन शुरु गरेको हो । पठनपाठनका लागि विद्यालयले विद्यालयको आन्तरिक स्रोतबाट पुस्तक खरिद गरी विद्यार्थीहरुलाई निःशुल्क प्रदान गरी कक्षा शुरु गरिएको प्रधानाध्यापक भानुभक्त नेपालले जानकारी दिए । त्यस्तै, आन्तरिक स्रोतबाटै भाषागत शिक्षकको व्यवस्था गरेको नेपालले बताए ।

हिमाली शिशु उपहार नामक पाठ्यक्रम लागू गरेपछि उप्रान्त विद्यार्थीहरुले शेर्पा भाषा र साम्भोटा लिपी अध्यायन गर्ने छन् । साथमा उनीहरुलाई शेर्पा संस्कृती र बौद्ध संस्कार पनि सिकाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिए । शेर्पा समुदायको वाहुल्यता रहेको विद्यालयमा केही बर्षअघि पनि शेर्पा भाषा लागू गरेको भएपनि शिक्षकलाई तलव दिने स्रोत नहुँदा पठनपाठन वन्द गर्नुपरेको थियो । विद्यालयले कक्षा ५ सम्म शेर्पा भाषा पाठ्यक्रम लागू गराउने लक्ष्य लिएको छ । कक्षा शुरुसँगै उनीहरुलाई गुम्बा शिक्षाका लागि समेत सहज हुने छ । उनीहरुले बौद्ध संस्कार अनुसार पूजापाठ गर्न, आफ्नो भाषामा पढ्न, संवाद गर्न सक्नेछन् ।
त्यस्तै, विद्यालयले यस शैक्षिक सत्रको देखि विद्युतीय हाजिरी लागू गर्ने निर्णय समेत गरेको छ । शिक्षकहरुको नियमित उपस्थिती गराई शैक्षिण गुणस्तर अभिवृद्धि गर्ने हेतुले विद्युतीय हाजिरी लागू गर्ने निर्णय गरेको हो । त्यस्तै, इन्टरनेट र सिसि क्यामेरा जडानका लागि समेत प्रक्रिया अघि बढीरहेको विव्यस अध्यक्ष शेर्पाले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्