इनरुवामा दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु

इनरुवामा दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु

विराटनगर, ५ जेठ ।
सुनसरी सदरमुकाम इनरुवामा दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

इनरुवा नगरपालिका र शान्तिदीप नेपाल संयुक्त आयोजनामा महेन्द्रचौकमा सुरु प्रतियोगिताको इनरुवा नगरपालिका प्रमुख राजन मेहताले औपचारिक उद्घाटन गर्नु भएको छ । प्रतियोगिता अन्र्तगत उद्घाटन खेल इनरुवा भलिबल क्लब इनरुवा र नेपाल पुलिस क्लब रानीबीच सम्पन्न भएको छ । बेस्ट अफ फाइबका आधारमा खेलाइएको खेलमा तीन सेट जित्दै इनरुवा बिजयी भएको छ । उक्त खेलको म्यान अफ दी म्याच इनरुवाका कृष्ण थापा घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्