प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत इलाममा योजना कार्यान्वयनले तीव्रता लियो

प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत इलाममा योजना कार्यान्वयनले तीव्रता लियो

इलाम, जेठ ५ । प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत इलाममा योजना कार्यान्वयनले तीव्रता लिएको छ ।

जिल्लामा छुट्याइएको बजेटबाट स्थानीय तहले धमाधम काम सुरु गरेका हुन् । इलाम नगरपालिकामा पूर्वाधार विकास कार्यक्रमका १० योजनामा करिव १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत सडक, खेल मैदान, सामुदायिक भवन निर्माणलगायतका योजना रहेको नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए ।

ती योजनामा १० लाखदेखि २५ लाख रुपैयाँसम्म रकम विनियोजन गरिएको छ । प्रदेश सांसदमार्फत उपलब्ध बजेटको कार्यान्वयन उपभोक्ता समितिमार्फत गरिएको छ । यस्ता योजनाको लागत सहभागिताका आधारमा स्थानीय समितिले २५ प्रतिशत रकम खर्च गर्नुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्