प्रदेश नम्बर १ : छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

प्रदेश नम्बर १ : छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

सुनसरी जेष्ठ ०५ ।

१ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-१२ कालीझोडामा शनिवार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ९ प १७८४ र विपरित दिशाबाट आउँदै गरेको मे ४ प ८१८६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाईकलमा सवार रहेका ३ जना घाईते भई उपचारको लागि बिर्तामोड स्थित बि. एण्ड. सी. अस्पताल पठाईएकोमा मे ४ प ८१८६ नम्बरको मोटरसाईकल चालक मेचीनगर नगरपालिका-१४ दुवागढी बस्ने वर्ष ४१ को अर्जुन सुनुवारको उपचारको क्रममा बेलुका ६:४० बजे मृत्यु भएको हो ।

अर्का मोटरसाईकल चालक ईलाम देउमाई नगरपालिका-३ बस्ने वर्ष २९ को प्रेम बहादुर मगर र पछाडी सवार सुनसरी ईटहरी उप-महानगरपालिका नयाँ बसपार्क बस्ने बर्ष १७ की आषिका मगर घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने सुनसरीको रामधुनी नगरपालिका-१ शिव चोकमा मोटरसाईकलले साईकलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार १ जनाको मृत्यु भएको छ । अपरान्ह ४:३५ बजेको समयमा पश्चिमबाट पूर्व आउँदै गरेको को २० प २६१८ नम्बरको मोटरसाईकलले रामधुनी नगरपालिका-४ रामपुरा बस्ने बर्ष १५ को निराजन चौधरीलाई ठक्कर दिँदा साईकलयात्री सहित मोटरसाईकल चालक ईटहरी-१६ बस्ने बर्ष २४ को सुर्य चौधरी र मोटरसाईकलको पछाडीसवार निजको आमा बर्ष ५२ की भाबोदेवी चौधरी घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी चौधरीलाई उपचारको लागि निजको छोराले गोल्डेन हस्पिटल विराटनगर लगेकोमा उपचारको क्रममा अपरान्ह ५:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साईकलमा सवार अर्का घाइते निराजनको झुम्का स्थित मोडन क्लिनिकमा उपचार भईरहेको छ । मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्