उदयपुरकाे लामिडाँडामा सिमेन्ट बाेकेकाे टिपर दुर्घटना, दुईजनाकाे मृत्यु

उदयपुरकाे लामिडाँडामा सिमेन्ट बाेकेकाे टिपर दुर्घटना, दुईजनाकाे मृत्यु

उदयपुर, ५ जेठ । उदयपुरको कटारी नगरपालिका-१४ घुर्मी-कटारी सडकखण्डको लामीडाँडा भन्ने स्थानमा आज ट्रिपर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ ।

मिर्चैयाबाट सोलु हाईड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडक देखी करिब १५ सय मिटर तल दादुरा खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्रिपरका सह-चालक सिन्धुली दुधौली नगरपालिका-११ बस्ने बर्ष २० को लीला बहादुर सार्की र ट्रिपरमा सवार कटारी नगरपालिका-५ भोर्ले बस्ने तत्काल नाम थर नखुलेका माईलो भनेर चिनीने अन्दाजी बर्ष २५ को पुरुष ब्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । ट्रिपरका चालक सिन्धुली दुधौली नगरपालिका-११ बस्ने बर्ष ४० को हर्क बहादुर सार्की प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्