धनकुटाकाे महालक्ष्मीमा चक्कु प्रहारबाट एकजनाकाे हत्या

<span class='c1'>धनकुटाकाे महालक्ष्मीमा चक्कु</span> <span class='c2'>प्रहारबाट एकजनाकाे हत्या</span>

धनकुटा,  ६  जेठ ।  धनकुटाको महालक्ष्मी नगरपालिका-२ मारेक माझगाउँमा आज चक्कु प्रहारबाट १ जनाको हत्या भएकाे छ ।

आईतवार  महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने बर्ष २२ को सन्तोष थम्फरा लिम्बु र महालक्ष्मी नगरपालिका-२ बस्ने बर्ष २५ को घनेन्द्र होहङवा लिम्बु बिच सामान्य बादबिबाद हुँदा घनेन्द्रले रिशको आवेगमा सन्तोषलाई धारिलो हतियार चक्कुले प्रहार गर्दा  निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी मारेकटहरेबाट प्रहरी टोली खटि गई चक्कु प्रहार गर्ने लिम्बुलाई चक्कु सहित पक्राउ गरी थप अनुसन्धान भईहेको  धनकुटा प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्